काठमाडौं – नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुले अब १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न पाउने भएका छन् ।आर्थिक वर्ष २०८२र८३ को मौद्रिक नीति सार्वजनिक गर्ने क्रममा गभर्नर डा. विश्व पौडेलले लघुवित्त वित्तीय संस्थाले हालको व्यवस्थाअनुसार वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा वोनस) वितरण गर्नेसम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गरिने बताएका छन् ।
लघुवित्त वित्तीय संस्थाको कर्जा लक्षित वर्गसम्म पुग्ने सुनिश्चित गरी कर्जा सदुपयोग अभिवृद्धि गर्न लघुवित्तको लागि लक्षित वर्ग, ऋण प्राप्त गर्ने मापदण्ड र ऋणीको योग्यतासम्बन्धी ब्यवस्थामा पनि पुनरावलोकन हुने घोषणा भएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह हुने विपन्न वर्ग र अन्य निर्देशित कर्जाहरूको सीमा व्यवस्थाको अध्ययन गरी पुनरावलोकन गरिने मौद्रिक नीतिमा उल्लेख छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij