काठमाडौं – आन्दोलनरत सुनचादी व्यवसायी र सरकारबीच सहमति भएको छ । विहीबार सुनचाँदी व्यवसायी र अर्थ मन्त्रालयका पदाधिकारी बैठकमा आन्दोलन स्थगित गर्ने सहमति भएको हाे ।
सहमतिपछि व्यवसायीहरूले आफ्ना आन्दोलनका सबै कार्यक्रम स्थगन गरेका छन् । सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर र हिरालगायत बहुमूल्य पत्थरहरूमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) को विरोधमा उनीहरूले निरन्तर आन्दोलन गर्दै आएका थिए ।
बजेटमा ल्याइएको २ प्रतिशत विलासिता कर र भ्याट खारेजी व्यवसायीको मुख्य माग थियो । सहमति जुटेसँगै आजबाट सुनको दैनिक मूल्य निर्धारण हुने भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij