२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज फेरि ४० अर्ब खिच्दै राष्ट्र बैंक

आज फेरि ४० अर्ब खिच्दै राष्ट्र बैंक

1.1K
Shares

काठमाडौं-  केन्द्रीय बैंक नेपाल राष्ट्र बैङ्कलेले आज असार २५ गते फेरि बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ  खिच्ने भएको छ। राष्ट्र बैङ्कको मौद्रिक व्यवस्थापन विभागले ६३ दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरण मार्फत सो रकम खिच्ने भएको हो ।यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

यो ६३ दिने निक्षेप संकलन उपकरणको भदौ २५गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij