२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

साउन २३ गतेबाट सयपत्री हाइड्रोपावरको ‘लक इन’ अवधि सकिंदै

साउन २३ गतेबाट सयपत्री हाइड्रोपावरको ‘लक इन’ अवधि सकिंदै

625
Shares

काठमाडौं – सयपत्री हाइड्रोपावर लिमिटेडको संस्थापक सेयर, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट भएको सेयरको ‘लक इन’ अवधि साउन २३ गते सकिने भएको छ । लक इन अवधि सकिएपछि संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ ।

कम्पनीले सर्वसाधारणलाई २०७९ साउन २४ गते सेयर बाँडफाँट गरेको थियो । उक्त मितिबाट ३ वर्षसम्म संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुको सेयर लक इनमा राख्नुपर्ने व्यवस्था रहेको छ । कम्पनीको २१ लाख कित्ता संस्थापक सेयर, १ लाख ७८ हजार ९४० कित्ता स्थानीयको सेयर र १४ हजार ४२१ कित्ता कर्मचारीको सेयर लक इन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij