२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हिमालयन बैंकले धितोपत्र बोर्डबाट पायो एफपीओ जारी गर्ने अनुमति

हिमालयन बैंकले धितोपत्र बोर्डबाट पायो एफपीओ जारी गर्ने अनुमति

1.3K
Shares

काठमाडौं -नेपाल धितोपत्र बोर्डले  हिमालयन बैंकले एफपीओ निष्कासनको अनुमति दिएको छ ।असार २२ गते बोर्डले हिमालयन बैंकलाई एफपीओ ल्याउन अनुमति दिएको हो।

अब हिमालयन बैंकले १ अर्ब ५६ करोड ३३ लाख २९ हजार २६१ रुपैयाँबराबरको एफपीओ जारी गर्नेछ। जसअनुसार बैंकले १०० रुपैयाँ अंकित मूल्यमा ५७ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता १५७ रुपैयाँमा एफपीओ बिक्री खुला गर्नेछ। कुल ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गर्नेछ।

यसअघि हिमालयन बैंकले धितोपत्र बोर्डमा निवेदन दिँदा अंकित मूल्य १०० रुपैयाँमा प्रिमियम ६९ रुपैयाँ थपेर १६९ रुपैयाँ एफपीओ जारी गर्न अनुमति मागेको थियो। तर, धितोपत्र बोर्डले प्रिमियममा १२ रुपैयाँ घटाएर एफपीओ जारी गर्न अनुमति दिएको छ।

बैंकको एफपीओ बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij