२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अप्पर स्याङ्गे हाईड्रोको शेयर रजिष्ट्रारमा माछापुच्छ्रे क्यापिटल नियुक्त

अप्पर स्याङ्गे हाईड्रोको शेयर रजिष्ट्रारमा माछापुच्छ्रे क्यापिटल नियुक्त

680
Shares

काठमाडौं -अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडको शेयर रजिष्ट्रारमा माछापुच्छ्रे क्यापिटल लिमिटेड नियुक्त भएको छ । आज असार २२ गते दुई संस्थाबीच यस सम्झौता भएको हो।

सम्झौता समारोहमा माछापुच्छ्रे क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडको तर्फबाट प्रबन्ध निर्देशक विर बहादुर घलेले हस्ताक्षर गरेका छन् । सम्झौता भएसँगै अप्पर स्याङ्गेको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने, शेयरवालाहरूको लगत अद्यावधिक गर्ने जस्ता सम्पूर्ण शेयर रजिष्ट्रार सम्बन्धी सेवा माछापुच्छ्रे क्यापिटलले प्रदान गर्ने छ।

माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij