२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आजदेखि माबिलुङ्ग इनर्जीको आईपीओ बिक्री खुला

आजदेखि माबिलुङ्ग इनर्जीको आईपीओ बिक्री खुला

1.1K
Shares

काठमाडौं -माबिलुङ्ग इनर्जी लिमिटेडले आज असार २२ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले संखुवासभाका आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले संखुवासभाको मादी नगरपालिका वडा नम्बर ७,८,९ र चैनपुर नगरपालिकाको वडा नम्बर २,३,७,८,९ का स्थानीयलाई ३ लाख ८५ हजार ८ सय २४ कित्ता शेयर निष्काशन गरेको हो । यस निष्काशनमा स्थानीयले न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । स्थानीयले छिटोमा साउन ४ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा साउन १९ गतेसम्म आवेदन दिन सक्ने छन् ।

त्यस्तै कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १ लाख ५० हजार ४ सय ७१ कित्ता शेयर निष्काशन गरेको छ। यस समुहमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। यस निष्काशनमा साउन ४ गतेसम्म आवेदन दिन सकिने छ । त्यसपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

कम्पनीले संखुवासभामा ४.९५ मेगावाटको अपर पिलुवाखोला ३ जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij