२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कर्णाली प्रदेशसभा बैठकद्वारा बजेट सर्वसम्मतले पारित

कर्णाली प्रदेशसभा बैठकद्वारा बजेट सर्वसम्मतले पारित

1.2K
Shares

कर्णाली- कर्णाली प्रदेशसभाको आजको बैठकले कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सर्वसम्मतले पारित गरेको छ ।

बैठकमा सभामुख नन्दा गुरुङले कर्णाली प्रदेशसभा नियमावली २०८१ नियम १४१ को उपनियम १२ बमोजिम आर्थिक मामिला तथा योजनामन्त्री राजीवबिक्रम शाहलाई आगामी आव.२०८२/८३ को समग्र बजेट पारित गरियोस् भनि सभामा प्रस्ताव गर्न समय दिएका थिए ।

योजनामन्त्री शाहले कर्णाली प्रदेश विनियोजन विधेयक र आर्थिक विधेयक, २०८२ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभयो । उक्त प्रस्तावसँगै आगामी आव.२०८२/८३ को बजेट सर्वसम्मतले पारित भएको सभामुख गुरुङले घोषणा गरे ।

बैठकमा मन्त्री शाहले जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय अन्तरगत अर्थ वित्तिय व्यवस्थामा विनियोजित ११ करोड ५० लाख रकमलाई विभिन्न योजनाहरुमा विनियोजन गरी कार्यान्वयन गर्न प्रदेशसभामा विशेष प्रस्ताव पेस गरेका थिए ।

आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले असार १ गते रु ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजारको बजेट ल्याएको थियो । कुल विनियोजित बजेटमध्ये चालूतर्फ रु सात अर्ब ७९ करोड ९१ लाख एक हजार (२३ दशमलव ६४ प्रतिशत) रु पूँजीगततर्फ रु १९ अर्ब ९८ करोड २७ लाख १३ हजार (६० दशमलव ५५ प्रतिशत) बजेट सरकारले विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij