काठमाडौं – सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले २ हजार कित्ता संस्थापक शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउने गरी शेयर बिक्रीमा राखेको हो।
सो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले अबको ३५ दिनभित्र आवश्यक कागजात सहित आफूले खरीद गर्न चाहेको शेयर विवरण खुलाएर निवेदन दिनु पर्नेछ।
साथै तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीबाट पर्याप्त आवेदन नपरेमा बाँकी रहेको शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij