२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बेष्ट फाइनान्सको अध्यक्षमा प्रा.डा. रामजी गौतम

बेष्ट फाइनान्सको अध्यक्षमा प्रा.डा. रामजी गौतम

1.5K
Shares

काठमाडौं – बेष्ट फाइनान्स कम्पनी लिमिटेडमा ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको असार १८ गते सम्पन्न २८ औं वार्षिक साधारण सभाले ६ जना सञ्चालक निर्विरोध निर्वाचित गरेको हो ।

संस्थापक समूहबाट प्रा.डा. रामजी गौतम, रामचन्द्र देवकोटा र सुशिला खनाल हुन् भने सर्वसाधारण समूहबाट खिमलाल पौड्याल, रामलाला श्रेष्ठ र विष्णु प्रसाद ज्ञवाली रहेका छन् । त्यस्तै, बौद्धराज अर्याल स्वतन्त्र सञ्चालकमा निर्वाचित भएका छन् ।

आज असार १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सञ्चालकहरुमध्येबाट प्रा.डा. रामजी गौतमलाई अध्यक्ष सर्वसम्मत चयन गरेको हो ।

यसअघि कम्पनीको सञ्चालक समितिको अध्यक्ष खिमलाल पौडेल थिए ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij