काठमाडौं – कर्णाली विकास बैंकको घोटाला प्रकरणमा बैंकका पूर्व अध्यक्ष पशुपति दयाल मिश्र पक्राउ परेका छन् । ०६६ देखि ०७५ सालसम्म बैंकको अध्यक्ष रहेका थिए । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आज नेपालगञ्जबाट नियन्त्रणमा लिएको हो ।
बैँकको अर्बौं रकम हिनामिना गरेको आरोपमा उनी पक्राउ परेका हुन् । यसअघि प्रहरीले संस्थापक अध्यक्ष राजेन्द्रवीर राय र तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरीलाई पक्राउ गरेको थियो ।
उक्त बैंकको तीन अर्बभन्दा बढी रकम हिनामिना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij