काठमाडौं – बुंगल हाइड्रो लिमिटेडलाइ नेपाल धितोपत्र बोर्डले आईपीओ निष्काशन गर्न अनुमति दिएको छ। बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २९ लाख ५ हजार कित्ता आइपीओ निष्काशन गर्न अनुमति दिएको हो।
कम्पनीले बोर्डबाट आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई जारी पूँजीको ३५ प्रतिशतका दरले हुन आउने २९ करोड ५ लाख रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्न असार १५ गते अनुमति पाएको हो। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij