२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कांग्रेस केन्द्रीय कार्यालय विस्तार गर्न १३ करोडमा १९ आना थप जग्गा खरिद गर्ने

कांग्रेस केन्द्रीय कार्यालय विस्तार गर्न १३ करोडमा १९ आना थप जग्गा खरिद गर्ने

955
Shares

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यालय भवन रहेको सानेपा ललितपुरको कार्यालय परिसरलाई अझ फराकिलो र थप व्यवस्थित बनाइने भएको छ ।

यसका लागि कार्यालयभन्दा अगाडि रहेको १९ आना जग्गा र सोही जग्गामा बनेको तीनतले घर खरिद गर्ने निर्णय गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । ललितपुर निवासी अमिरमान अमात्यका नाममा रहेको सो जग्गा र घर कांग्रेस केन्द्रीय कार्यालयले खरिद गर्नेगरी यही असार ११ गते सम्झौता भएको थियोे ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा जग्गाधनीसँग एक वर्षभित्र पास गर्नेगरी  ५० लाख बैनासहित सम्झौता भएको पार्टी कार्यालयले जनाएको छ ।

निर्धारित  १३ करोड पार्टीको विभिन्न तहको लेबी एवं शुभेच्छुकहरूको सहयोगमार्फत सबैको अपनत्व गाँसेर चुक्ता गरिनेछ । नेपाली काँग्रेसले सानेपास्थित केन्द्रीय कार्यालय परिसरलाई थप व्यवस्थित, सुविधा सम्पन्न र कार्यकर्तामैत्री बनाउन यो कदम चालेको बताएको छ। कार्यालय परिसरको विस्तारले पार्टीका गतिविधिहरूलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij