२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

‘सिटिजन्स सदाबहादर योजना’ को इकाई बिक्री सुरु

‘सिटिजन्स सदाबहादर योजना’ को इकाई बिक्री सुरु

1.4K
Shares

काठमाडौं – सिटिजन्स क्यापिटल लिमिटेडले असार १३ गतेदेखि सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने सिटिजन्स सदाबहादर योजनाका इकाइहरु निष्काशन गरेको छ । क्यापिटलले सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालन हुने सिटिजन्स सदाबाहर योजना नामको खुलामुखी योजनाको इकाई निष्काशन गरेको हो ।

यस योजनाको आकार ५० करोड अर्थात् ५ करोड इकाईको रहेको छ । जस मध्ये ७५ लाख इकाई कोष प्रबर्दक सिटिजन्स बैंकलाई छुट्याईएको छ। बाँकि रहेको इकाई मध्ये प्रथम चरणमा ४ करोड २५ लाख इकाई सर्वसाधारणमा निष्काशन गरिएको हो ।

यस निष्काशनमा छिटोमा असार १७ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा असार २७ गतेसम्म आवेदन दिन सकिने छ। आवेदन दिंदा न्युनतम १०० इकाई र अधिकतम ५० लाख इकाईको लागि दिन सकिने छ।

नेपाल धितोपत्र बोर्डले असार २ गते क्यापिटललाई ओपन म्युचुअल फण्ड संचालनको लागि अनुमति प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij