काठमाडौँ- न्यु बिजनेस एजको आयोजनामा भएकोे ‘नवौँ न्युबिज कन्क्लेभ एन्ड बिजनेस एक्सलेन्स अवार्डस्–२०२५’ कार्यक्रममा विभिन्न नौ कम्पनी तथा एक जना वरिष्ठ उद्यमीलाई सम्मान गरिएको छ । बिहीबार यहाँ आयोजित कार्यक्रमको सो सम्मान प्रदान गरिएको हो ।
सन् २०१३ देखि हरेक वर्ष हुँदै आएको सो कार्यक्रम भूकम्प, नाकाबन्दी तथा कोभिडका कारण असहज भएका वर्षहरूमा भने हुनसकेको थिएन । कार्यक्रमका प्रमुख अतिथि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी थिए भने विशेष अतिथिका रूपमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारी थिए ।
कार्यक्रमको पहिलो सत्रमा ‘सुधारद्वारा आर्थिक वृद्धि (ड्राइभिङ ग्रोथ थ्रु रिफर्मस्) भन्ने मुख्य थिममा केन्द्रित रहेर विज्ञहरूबीच प्यानल छलफल गरिएको थियो । त्यसमा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका अध्यक्ष तथा पूर्व अर्थसचिव रामेश्वर खनालले की नोट सम्बोधन गरेका थिए । र प्यानल वक्ताहरूमा प्रतिनिधिसभा सदस्य तथा पूर्वस्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, एनसेलका प्रमुख कार्यकारी अधिकृत जब्बोर कायुमोभ, श्रीनगर एग्रो ग्रुप अफ कम्पनीजकी कार्यकारी निर्देशक मौसुमी श्रेष्ठ तथा प्रविधि उद्यमी बालकृष्ण जोशी थिए । लाइफटाइम एचिभमेन्ट इन बिजनेस लिडरसीप अवार्डबाट उद्योगी बाबुलाल चाचान सम्मानित हुनुभयो । उद्योगमन्त्री भण्डारीले उहाँहरूलाई सम्मान गरेका थिए
त्यसैगरी, बेष्ट म्यानेज्ड कम्पनी अफ द इयरबाट नेपाल फर्मास्युटिकल्स ल्याब, बेष्ट म्यानेज्ड आइटी कम्पनी अफ द इयरबाट इसेवा, स्पेशल रिकग्निसन फर पब्लिक इन्टरप्राइजबाट साल्टट्रेडिङ कर्पोरेसन, बेष्ट म्यानेज्ड कमर्सियल बैंक अफ द इयरबाट एभरेष्ट बैंकले सम्मान पाए । बेष्ट बैंक इन डिजिटल फाइनान्सियल सर्भिसेज ग्लोबल आइएमई बैंक, बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अफ द इयरबाट मुुक्तिनाथ विकास बैंकले सम्मान पाए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij