काठमाडौं नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा बढेको छ । आज सुन प्रतितोला ३०० रुपैयाँ बढेको छ भने चाँदी तोलामा ३५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ९२ रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला दुई हजार १७५ रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार चाँदी प्रतितोला दुई हजार १४० रुपैयाँमा कारोबार भएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij