काठमाडौं – श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले २२ हजार ६९६ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । १५ हजार १३१ कित्ता शेयर संस्थापक शेयरधनी मेगा अटो इन्टरनेशनल ७ हजार ५६५ कित्ता शेयर दिपेन्द्र टण्डनको नाममा रहेको शेयर बिक्री गर्न लागेको हो ।
कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। यसका लागि सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौंको डिल्लीबजारस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ।
कम्पनीले तोकेको उक्त समयावधिभित्र कम्पनीका संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि आवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणलाई बिक्रीगरिने जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij