काठमाडौं – खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर ल्याउने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले खानी खोला हाइड्रोपावरलाई आज असार १० गते हकप्रद निष्कासन गर्न अनुमति दिएको हो।
धितोपत्र बोर्डले खानी खोला हाइड्रोपावरलाई चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति दिएको हो। अब कम्पनीले आफ्ना शेयरधनीहरुलाई ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँबराबरको हकप्रद शेयर जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर बिक्री गर्नेछ।
हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ९३ करोड १४ लाख २८ हजार ६०० रुपैयाँ पुग्नेछ। कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेडले रहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij