काठमाडौं – काठमाडौंको तीनकुनेमा नेक्सन भेन्चरको आधिकारिक वितरक एलएस अटोले रहेको नयाँ स्वरुममार्फत अफरसहितको सेवा सुरु गरेको छ ।
मंगलबार नयाँ स्वरुम उद्घाटन गर्दै एलएस अटोमा अफर स्वरुप कम्र्फट एडिसन मोडलको ६४ लाख ९५ हजार र स्टयान्डर्ड एडिसन मोडलको मूल्य ५९ लाख ९५ रुपैंयाँ मूल्य राखिएको एलएस अटोका म्यानेजर नविन फुयालले जानकारी दिए ।
उनले अव आउने नाइमा अटो शोमा दुईवटा मोडलहरु एलइभी ०५ र एलईभी एक्स लन्च गर्ने तयारीमा रहेको बताए । ति दुई गाडीको मूल्य अटो शो मै सार्वजनिक गरिने उनले जानकारी दिए ।
उनले देशव्यापी रूपमा चार्जिङ स्टेशन समेत विस्तार गर्ने योजना बनाएको कम्पनीले काठमाडौै तीनकुने एयरपोर्ट कार्गो टर्मिनल अगाडि संचालनमा ल्याएको जानकारी दिए । उनले काठमाडौैको कालोपुलमा सर्भिस सेन्टरको समेत स्थापना गरिसकेको बताए ।
कम्पनीका अनुसार एलईभी ०१ मा होरिजेन्टल डीआरएल, भर्टिकल डेडलाइट सेटअप र पछाडि सस्पेन्डेड टेललाइट डिजाइनजस्ता आकर्षक एलिमेन्ट छन् । गाडीको भित्री संरचना पनि उच्चस्तरीय छ । लेदरेट स्टेरिङ व्हील तथा सिट कभर, ३६० डिग्री क्यामेरा, वायरलेस चार्जिङ प्याड, मल्टीकलर एम्बियन्ट लाइट, प्यानोरामिक सनरूफ र इलेक्ट्रिक एड्जस्टेबल फ्रन्ट सिट जस्ता सुविधा यसमा उपलब्ध छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij