२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

धितोपत्र बोर्डबाट नेशनल क्यापिटलले पायो मर्चेन्ट बैंकिङको लाईसेन्स

धितोपत्र बोर्डबाट नेशनल क्यापिटलले पायो मर्चेन्ट बैंकिङको लाईसेन्स

565
Shares

काठमाडौं – नेशनल लाइफ इन्स्योरेन्स लिमिटेडको सहायक कम्पनी नेशनल क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकिङको लाईसेन्स पाएको छ। धितोपत्र बोर्डले सोमबार कम्पनीलाई लाइसेन्स प्रदान गरेको हो।

कम्पनीले अण्डरराइटिङ, पोर्टफोलियो म्यानेजमेन्ट र कर्पोरेट एडभाईजरी सेवा प्रदान गर्न सक्ने गरि बोर्डबाट लाइसेन्स पाएको हो । क्यापिटलले इस्यु म्यानेजमेन्ट र शेयर रजिस्ट्रेशन सेवाको लागि पनि धितोपत्र बोर्डमा यस अघि नै आवेदन दिईसकेको छ। सो अनुमति पाएपछि क्यापिटलले मर्चेन्ट बैंकिङ सम्बन्धि सम्पूर्ण सेवा प्रदान गर्ने छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij