काठमाडौं – अर्बिट इनर्जी लिमिटेडले विशेष साधारण सभा आब्हान गरेको छ ।। कम्पनीको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले असार २५ गते कम्पनीको रजिष्ट्रर्ड कार्यालयमा दिनको ३ बजे विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभामा प्रबन्धपत्रको दफा ६ (ग), घ ङ र च संशोधन गर्ने, हकप्रद शेयर जारी गर्ने सर्वसाधारण तथा स्थानियका लागि आइपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
दफा तथा नियम संशोधन, हकप्रद शेयर निष्काशन गर्ने एवं सर्वसाधारण तथा स्थानियका लागि आइपीओ जारी गर्ने लगायतका सम्बन्धमा नियमनकारी निकायबाट कुनै पनि किसिमको फेरबदल सम्बन्धी निर्देशन प्राप्त भएमा निर्देशन बमोजिम कार्य गर्न सञ्चालक समिति वा सञ्चालक प्रतिनिधिलाई आवश्यक सम्पुर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij