काठमाडौं – नेपाली बजारमा मंगलबार सुनचाँदीको मुल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा १ हजार ७०० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९३ हजार ५०० रुपैयाँ कायम भएको छ। सोमबार तोलाको १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मुल्य पनि तोलामा १० रुपैयाँले घटेर २ हजार १६० रुपैयाँ कायम भएको छ। हिजो तोलाको २ हजार १७० रुपैयाँमा कारोबार भएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij