२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिद्धार्थ बैंकको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

सिद्धार्थ बैंकको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

415
Shares

काठमाडौं – सिद्धार्थ बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ। बेंकले संस्थापक शेयरधनी सुरेश कुमार केडियाको नाममा रहेको १ लाख ५१ हजार कित्ता शेयर र निरसुवा गुरुङ्गको नाममा रहेको २५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

यसअघि बैंकले राष्ट्र बैंकको नियमअनुसार संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर शेयर बिक्री गर्दा तोकिएको समयावधिभित्र उक्त शेयरका लागि आवेदन नपरेपछि सर्वसाधारणले समेत किन्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

शेयर किन्न इच्छुकले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र काठमाडौंको नक्सालस्थित कम्पनी सचिवको कार्यालयमा आवेदन दिनु पर्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij