काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ६५ प्रतिशत हकप्रद शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको छ।
नेप्सेले कम्पनीको बिहीबार कायम अन्तिम शेयर मूल्य ४५८.०२ रुपैयाँको आधारमा हकप्रद शेयरपछिको मूल्य ३१६.९८ रुपैयाँ तोकेको हो।
यस कम्पनीले १ बराबर ०.६५ को अनुपातमा २४ लाख १४ हजार १०० कित्ता हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।
यसका लागि असार ८ गते बुक क्लोज गर्ने भएकाले हिजो अर्थात् असार ५ गतेसम्म नेप्सेमा कायम शेयरधनीले मात्रै आवेदन दिन सक्नेछन्।
कम्पनीले १ः०.६५ अनुपातमा प्रतिसेयर रु.१०० अंकित दरका २४ लाख १४ हजार १ सय कित्ता साधारण सेयर हकप्रद निष्कासन गर्नेछ । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij