काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २४. ७६ अकंले घटेर २,६२८ बिन्दुुमा कायम भएको छ । आज ३१४ कम्पनीको २ करोड ९२ लाख ९५ हजार कित्ता शेयर किनबेच हुँदा ११ अर्ब १७ करोड ४७ लाख रुपैयाँको कारोबार भएको छ ।
आज ४७ कम्पनीको शेयर मूल्य बढेको छ भने २०१ कम्पनीको शेयर मूल्य घटेको छ । आज १३ वटै उपसूचकहरु राताम्य भएका छन् । बिहिबार बैंकिङ समूहको ०.३९ प्रतिशत, विकास बैंक समूहको ०.९१ प्रतिशत, फाइनान्स समूहको ०.८१ प्रतिशत, होटल तथा पर्यटन समूहको १.०२ प्रतिशत, हाइड्रोपावर समूहको १.२६ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.६९ प्रतिशतले शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८५ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij