२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

स्यार्पु पावर कम्पनीले आईपीओ निष्काशन गर्ने

स्यार्पु पावर कम्पनीले आईपीओ निष्काशन गर्ने

1.1K
Shares

काठमाडौं- स्यार्पु पावर कम्पनी लिमिटेडले आईपीओ निष्काशनका लागि तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासन गर्न भन्दै विशेष प्रस्ताव पारित गर्न वार्षिक साधारणसभा बोलाएको छ । मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले छैठौं वार्षिक साधारण सभा यही असार २६ गते बिहान ११ बजेका लागि बोलाएको हो ।

साधारणसभा रुकुम पश्चिम स्थीत कम्पनी रजिष्ट्रारको कार्यालयमा हुनेछ । सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गर्ने र सार्वजनिक निष्काशनबाट प्राप्त हुने रकमको उपयोग गर्ने विशेष प्रस्ताव पारित सोहि साधारणसभाले गर्ने बताइएको छ । कम्पनीको सभामा आईपीओ निष्काशन गर्ने, पुंजीको उपयोगबारे निर्णय गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने लगायतका विशेष प्रस्ताव पेश हुने छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij