काठमाडौं- नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । चाँदीको मूल्य नयाँ उचाई बनाएको छ । आज सुन प्रतितोला ४०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले बढेर नयाँ उचाईमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाल सुन प्रतितोला एक लाख ९५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँले बढेर हालसम्मकै उचाईमा पुगेको छ । आज चाँदी प्रतितोला दुई हजार २२५ रुपैयाँमा कारोबार भईरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij