२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा गिरावट, ७ अर्ब ६५ करोडको कारोबार

नेप्सेमा गिरावट, ७ अर्ब ६५ करोडको कारोबार

880
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.९० अकंले घटेर २,६५४  बिन्दुमा कायम भएको छ । आज ३०६ कम्पनीको १ करोड ६४ लाख कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ ।

यसदिन १० उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.३३ प्रतिशत, विकास बैंक समूहको ०.१४ प्रतिशत, फाइनान्स समूहको ०.४३ प्रतिशत, होटल तथा पर्यटन समूहको १.७२ प्रतिशतले शेयर मूल्य घटेको हो ।

मंगलबार ९९ कम्पनीको शेयर मूल्य बढेको छ भने १४८ कम्पनीको घटेको छ ।  आज सबैभन्दा धेरै सानिमा माई हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७४ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij