२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मोदी इनर्जीले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

मोदी इनर्जीले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

860
Shares

काठमाडौं –  मोदी इनर्जी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद शेयर निष्काशन गर्नका लागि विशेष साधारणसभा बोलाएको छ । कम्पनीले सभा असार १९ गते रानीमहल ब्याङ्क्वेट, ज्ञानेश्वरमा बिहान ११ बजे बोलाएको हो ।

सभाले हाल कायम रहेको चुक्ता पूँजी २ अर्ब ९० करोड रुपैयाँको १ः १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै हकप्रद शेयर जारीपश्चात् पुँजी वृद्धि हुने भएकाले त्यसको उपयोग गर्ने विषय पनि टुंगो लगाउने, कम्पनीको अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने र १ जना संस्थापक समूहबाट सञ्चालक नियुक्त गर्ने जस्ता प्रस्ताव सभामा पारित गरिने छ ।

सभा प्रयोजनका लागि कम्पनीले असार १२ गते बुक क्लोज गर्ने भएको छ । यस अनुसार असार ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा कम्पनीले जारी गर्ने हकप्रदमा आवेदन दिन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij