काठमाडौं – नेपाली बजारमा मंगलबार सुनको मूल्यमा घटेको छ। आज सुन प्रतितोला दुई हजार ५०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला दुई हजार १६० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार चाँदी प्रतितोला दुई हजार १६५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij