काठमाडौं – दरमखोला हाइड्रो इनर्जी लिमिटेडले असार ९ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो।
कम्पनीले जारी पुँजी १ अर्ब ३ करोड ५ लाख रूपैयाँको ३८.३३ प्रतिशत अर्थात ३९ करोड ५० लाख रूपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।
जसमध्ये १० करोड ३० लाख ५० हजार रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ दरका १० लाख ३० हजार ५०० कित्ता साधारण सेयर गुल्मी जिल्ला मुसीकोट नगरपालिका, बाग्लुङ जिल्ला गल्कोट नगरपालिका र बाग्लुङ जिल्ला बडीगाड गाउँपालिकाका आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो।
यस्तै, सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने २ करोड ९१ लाख ९५ हजार रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित दरका २ लाख ९१ हजार ९५० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो।
कम्पनीले आफ्ना कर्मचारीहरूका लागि ५८ हजार ३९० कित्ता र सामूहिक लगानी कोषहरूका लागि १ लाख ४५ हजार ९७५ कित्ता सेयर सुरक्षित गरेको छ।
सो आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
उक्त आइपिओमा दुबै समूहका लागानीकर्ताले असार २३ गतेसम्म आवेदन दिन सक्नेछन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij