२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बैंकिङ क्षेत्र सुधार सुझाव पेस गर्न तीन सदस्यीय कार्यदल गठन

बैंकिङ क्षेत्र सुधार सुझाव पेस गर्न तीन सदस्यीय कार्यदल गठन

715
Shares

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्न डा. रेवतबहादुर कार्कीको संयोजकमा एक कार्यदल गठन गरेको छ।

कार्यदलमा पूर्वबैंकर भुवनकुमार दहाल सदस्य छन्। यस्तै नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशकसदस्य सचिव रहने गरी तीन सदस्यीय बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन गरिएको हो। सो कार्यदलको समयावधि एक महिनाको रहनेछ।

कार्यदललाई बैंकिङ नीति नियमनलाई उदार तर विवेकशील (प्रुडेन्सियल), जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण र ग्राहकमैत्री बैंकिङ सेवाको विकासका सम्बन्धमा सुझाव दिन कार्यादेश दिइएको छ।

यस्तै, आर्थिक गतिविधि पूर्णचलायमान बनाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिकाका, ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदम ,बैंक तथा वित्तीय संस्था गाभ्ने र प्राप्ति तथा उक्त कार्यपछिका समस्याको पहिचान तथा समाधानको सुझाव दिन भनिएको छ।

र नेपाललाई ग्रे लिष्टबाट हटाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका र पूँजीबजार विकासमा केन्द्रीय बैंकको समन्वयात्मक भूमिकाका सम्बन्धमा सुझाव दिन आग्रह गरिएको गभर्नरको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij