२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हिमालयन बैंकले एफपीओ ल्याउने

हिमालयन बैंकले एफपीओ ल्याउने

555
Shares

काठमाडौं – हिमालयन बैंक लिमिटेडले एफपीओ निष्कासन गर्ने भएको छ ।  बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै एफपीओ निष्कासनको अनुमति मागेको हो।

धितोपत्र बोर्डले अनुमति दिएमा हिमालयन बैंकले १ अर्ब ५६ करोड ३३ लाख २९ हजार २६१ रुपैयाँबराबरको एफपीओ जारी गर्नेछ। जसअनुसार बैंकले १०० रुपैयाँ अंकित मूल्यमा ६९ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता १६९ रुपैयाँमा एफपीओ बिक्री खुला गर्नेछ।

बैंकले कुल ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ ल्याउन धितोपत्र बोर्डसँग अनुमति मागेको छ। हिमालयन बैंकको एफपीओ बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij