२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से परिसूचक ९.०८ अङ्कले घट्दा साढे १२ अर्बको कारोबार

नेप्से परिसूचक ९.०८ अङ्कले घट्दा साढे १२ अर्बको कारोबार

535
Shares

काठमाडौं- साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ।  बिहीबार नेप्से परिसूचक ९.०८ अंक घटेर २६५५.३८ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.९९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७४ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। बुधबार ९ अर्ब ९० करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३११ स्टकको १ लाख २ हजार ८९५ पटकको कारोबारमा १२ अर्ब ५१ करोड ५३ लाख ८ हजार रुपैयाँबराबरको २ करोड ८६ लाख ७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब ८ करोड माथिको शेयर कारोबार भएको छ ।

आज उपसमूहतर्फ वित्त, होटल तथा पर्यटन, जलविद्युत् र म्युचुअल फण्डको उपसूचक उकालो लागेको छ भने बाँकी उपसमूह घटेको छ । साथै पियोर इनर्जी लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशत, चन्द्रागिरी हिल्स लिमिटेडको छ दशमलव ७८ प्रतिशत र रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य पाँच दशमलव ९९ प्रतिशतले बढेको छ । साथै गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेडको नौ दशमलव ९० प्रतिशत, रिभल फल्स पावर लिमिटेडको छ दशमलव ९७ प्रतिशत र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य पाँच दशमलव ५८ प्रतिशतले घटेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij