काठमाडौं – ट्रेड टावर लिमिटेडको आइपीओ बाँडफाँडको मिति तय भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका अनुसार आइपीओ आगामी आइतबार अर्थात असार १ गते बाँडफाँड हुने भएको हो ।
यसमा २१ लाख ६९ हजार ८९१ जनाले कुल २ करोड ५७ लाख ७९ हजार ७९० कित्ताका लागि आवेदन दिएका छन् । जसमा ३ लाख २९ हजार ६५० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १८ लाख ४० हजार २४१ जनाको भने हात खाली हुनेछ । यो आइपीओ मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथामार्फत बाँडफाँड गरिने भएको छ। जुन मागभन्दा ७.८२ गुणा बढी आवेदन हो ।
ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि २० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।
इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको समयमै दायित्व पूरा गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij