काठमाडौं – नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीलगायतलाई भ्रष्टाचार मुद्दा दायर गरिएको छ । टेलिकमको बिलिङ ठेक्कासम्बन्धी प्रकरणमा अख्तियारले विशेष अदालतमा उनीहरूमाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो । स्रोतका अनुसार उक्त मुद्दामा १८ जनालाई प्रतिवादी बनाइएको छ ।
टेलिकमबाट प्रतिस्पर्धाविना नै करिब ३ अर्ब १५ करोड रुपैयाँको ठेक्का सम्झौतामा कैफियत देखिएपछि अख्तियारले विस्तृत अनुसन्धान गरेको थियो।
सोही प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमको बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार भएको निष्कर्षसहित उनीहरू विरुद्ध मुद्दा दायर गरेको हो ।
प्रतिवादीहरुमा सुनिल पौडेल, प्रतिभा श्रेष्ठ, हेमप्रभा रामप्रताप कर्ण, नवल चौधरी, राजेन्द्र श्रेष्ठ, झविन्द्रलाल उपाध्याय, देवेन्द्र खतिवडा, बिनिता श्रेष्ठ, अमुल प्रधान, राजीव कुमार केसी, मुक्तिप्रसाद अर्याल, सन्तोष कुमार श्रेष्ठ, परमात्मा भट्टराई, शैलेश श्रेष्ठ रहेका छन् ।
यस्तै विदेशी नागरिक लङ यङ, चिनियाँ नागरिक होङ वी र चिनियाँ कम्पनी एसिया इन्फो प्रालि रहेका छन् ।
यो मुद्दामा ३३ करोड ४८ लाख १७ हजार ४३० रुपैयाँ बिगो दाबी गरिएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij