२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा

लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा

405
Shares

काठमाडौं । लुम्बिनी विकास बैंकको संस्थापक  शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको १ लाख ४ हजार ८१५ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद निवेदन पेस गर्न सक्नेछन्।

निवेदन पेस गर्नका लागि ३५ दिनको समय दिइएको छ। यो समयसीमाभित्र इच्छुक संस्थापक शेयरधनीले काठमाडौंको डिल्लीबजारस्थित बैंकको मुख्य कार्यालयमा शेयर खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा प्रचलित कानुनबमोजिम शेयर बिक्री प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij