२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

तीन कम्पनीको शेयरमा मूल्य समायोजन

तीन कम्पनीको शेयरमा मूल्य समायोजन

1.3K
Shares

काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ । आज नेसनल लाइफ, एनएलजी इन्स्योरेन्सको बोनस शेयर तथा बरुण हाइड्रोपावरको हकप्रदमा मूल्य समायोजन भएको हो ।

नेसनल लाइफको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बुधबारको अन्तिम कारोबार मूल्य ६२८.३६ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । समायोजनपश्चात यसको प्रतिकित्ता शेयर मूल्य ५९८.४४ रुपैयाँ कायम भएको छ ।

यस्तै, एनएलजीको २.५० प्रतिशत बोनस सेयरमा पनि मूल्य समायोजन भएको छ । बुधबारको अन्तिम कारोबार मूल्य ७६०.०२ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । समायोजनपश्चात यसको प्रतिकित्ता शेयर मूल्य ७४१.४८ रुपैयाँ कायम भएको छ ।

यता, बरुण हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । यसको बुधबारको अन्तिम कारोबार मूल्य ४८०.७२ रुपैयाँलाई आधार मानेर मूल्यसमायोजन गरिएको हो । समायोजनपश्चात प्रतिकित्ता शेयर मूल्य २९०.३६ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij