काठमाडौं – सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लक्ष्मण पौडेल नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको जेठ २० गते बसेको बैठकको निर्णयले संस्थाको सीईओमा दरौं–३, स्याङ्गजा स्थायी ठेगाना भएका लक्ष्मण पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
संस्थाका यस अघिका सीईओ केशव पौडेलले दिएको राजिनामा स्वीकृत गरेको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij