२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज बरुण हाइड्रोपावरको हकप्रद सेयर सुरक्षित गर्ने अन्तिम दिन

आज बरुण हाइड्रोपावरको हकप्रद सेयर सुरक्षित गर्ने अन्तिम दिन

635
Shares

काठमाडौं- बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद शेयर जारी गर्न जेठ २२ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ आज जेठ २१ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद शेयर भर्न योग्य हुनेछन्।

नेपाल धितोपत्र बोर्डले गत जेठ ६ गते बरुण हाइड्रोपावरलाई हाल कायम चुक्तापुँजीको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्न अनुमति दिएको थियो।

यो कम्पनीले आफ्ना शेयरधनीहरुलाई ५३ करोड ५८ लाख १५ हजार रुपैयाँबराबरको हकप्रद शेयर जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर बिक्री गर्नेछ। हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ।

कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij