काठमाडौं- दरमखोला हाइड्रो इनर्जी लिमिटेडले धितोपत्र बोर्डबाट सेयर निष्कासन (आइपिओ)को अनुमति पाएको छ। मंगलबार कम्पनीले बोर्डबाट यस्तो अनुमति पाएको हो।
कम्पनीले ३९ करोड ५० लाख रूपैयाँ बराबरको सेयर निष्कासन गर्ने भएको हो। कम्पनीको सेयर रजिष्ट्रारमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।
कम्पनीले सन् २०२३ फेब्रुअरीमै विद्युत उत्पादन गरिसक्नुपर्ने थियो। तर, यस कम्पनीको गत मार्च २०२४ सम्म ९० प्रतिशत निर्माण काम सम्पन्न भएको रेटिङ कम्पनी इन्फोमेरिक्स नेपालले उल्लेख गरेको छ। बागलुङको दरम खोलामा रहेको यो आयोजनाको विद्युत उत्पादन क्षमता ९.६ मेगावाट छ।
कम्पनीमा पूर्व संसद नरबहादुर पुन, हरि प्रसाद सापकोटा, रामप्रसाद कँडेल, माधव प्रसाद खरेल लगायत सञ्चालक छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij