२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दोर्दी खोलाको लिलामी शेयरमा आवेदन दिने म्याद थप

दोर्दी खोलाको लिलामी शेयरमा आवेदन दिने म्याद थप

1.1K
Shares

काठमाडौं – दोर्दी खोला जलविद्युत कम्पनि लिमिटेडले जेठ ११ गतेदेखि बिक्री खुला गरेको १९ लाख ४६ हजार ६७६ कित्ता अवितरित हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरेको छ।

कम्पनीले यसअघि आवेदन दिने अन्तिम दिन आज जेठ १९ गतेसम्म तोकेकोमा १ दिन म्याद थप गरेर भोलि जेठ २० गतेसम्म कायम गरेको हो।

बिक्रीमा राखिएको कुल कित्ता शेयरमध्ये संस्थापक समूहको १२ लाख ८५ हजार ४१ कित्ता र सर्वसाधारण समूहतर्फको १ लाख ३५ हजार ९५६ कित्ता शेयर रहेको छ जुन असार ७ गतेसम्म लकइनमा रहनेछ। त्यस्तै बाँकी ४ लाख ९५ हजार ६७९ कित्ता शेयर पनि सर्वसाधारण समूहकै रहेको छ भने यो शेयर लकइनमा छैन।

शेयर खरीदका लागि आवेदन दिंदा घटीमा १ सय कित्ताका लागि र बढीमा सबै कित्ताका लागि आवेदन दिन सकिनेछ।

कम्पनीको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij