२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

1.4K
Shares

काठमाडौं -कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजेन्द्र वीर राय पक्राउ परेका छन्। प्रहरीले शनिवार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. १ बेलहियाबाट पक्राउ गरेको हो। उनी लामो समयदेखि फरार थिए। उनलाई २५० करोडभन्दा बढी रकम हिनामिना गरेको आरोप छ।

बाँके घर भएका राय २०७६ देखि २०७९सम्म बैंकको सीईओका रुपमा कार्यरत थिए । प्रहरीका अनुसार अनुसार पटक–पटक सञ्चालक समिति तथा अध्यक्ष भएका राय बचतकर्ताको रु दुई अर्ब ५० करोडभन्दा बढी रकम हिनामिना गरी फरार थिए । सल्यान घर भइ हाल नेपालगञ्जमा उपमहानगरपालिका–१० बस्ने ६५ वर्षे राय लामो समयदेखि फरार रहेको प्रहरीले जनाएको छ ।

यो बैंक २०६० सालमा खुलेको थियो । उनीमाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत थप अनुसन्धान भइरहेको छ।

हाल कर्णाली डेभलपमेन्ट बैंकको व्यवस्थापन राष्ट्र बैंकको नियन्त्रणमा छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij