२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सामाजिक सुरक्षा भत्ता : १ खर्ब बढी विनियाेजन

सामाजिक सुरक्षा भत्ता : १ खर्ब बढी विनियाेजन

935
Shares

काठमाडौं – अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सामाजिक सुरक्षा भत्ताको लागि एक खर्ब ९ अर्ब विनियाेजन गरेका छन् । बिहीबार आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै मन्त्री पौडेलले सुरक्षा भत्ता विनियाेजन गरेका हुन ।

सबै नेपालीलाई जीवन चक्रमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आवद्ध गरिने छ । योगदानमा आधारित सामाजिक सुरक्षाको व्यवस्था गरिने भएकाे छ ।

त्यसैगरी, छरिएर रहेका सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत गरी दीगो र व्यवस्थित गरिने भएको हो । सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्न राष्ट्रिय परिचय पत्र अनिवार्य गरिने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij