काठमाडौं – सरकारले सिप विकास, व्यवसाय विस्तार र बजार पहुँचमा आबद्ध नभएका स्टार्टअप उद्योगीहरूलाई लक्षित गर्दै सहुलियतपूर्ण कर्जा दिने भएको छ। आर्थिक वर्ष २०८२।०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस योजनाका लागि ७३ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिएका छन्।
उनका अनुसार उक्त कर्जा कार्यक्रम अन्तर्गत स्टार्टअप उद्योगीहरूले मात्र तीन प्रतिशत ब्याजदरमा ऋण पाउनेछन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij