काठमाडौं – सरकारले बिहीबार बस्ने संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ गते बस्ने बैठकमा ३ बजे आगामी आर्थिक वर्ष २०८२र०८३ को लागि बजेट प्रस्तुत गर्नेछन् । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभा छन् ।
संघीय संसद् सचिवालयले भोलि दिउँसो १ः४५ बजे संघीय संसद्को संयुक्त बैठक आह्वान गरेको छ । २०७२ सालमा बनेको संविधान अनुसार हरेक वर्ष जेठ १५ गते नै बजेट सार्वजनिक गर्नु पर्ने संवैधानिक व्यवस्था छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij