२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सर्वोच्च अदालतद्वारा गभर्नर नियुक्तिमा कारण देखाऊ आदेश जारी

सर्वोच्च अदालतद्वारा गभर्नर नियुक्तिमा कारण देखाऊ आदेश जारी

1.2K
Shares

काठमाडौं- सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेल नियुक्तिविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। जेठ १४ गते सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले सो आदेश जारी गर्दै अन्तरिम आदेश सम्बन्धमा छलफलका लागि विपक्षीलाई समेत बोलाएको छ।

अधिवक्ताहरू अनन्तराज लुइँटेल, विशाल थापा लगायतले पेश गरेको रिटमा गभर्नर नियुक्तिमा प्रक्रिया तथा सुशासनको गम्भीर उल्लंघन भएको दाबी गरिएको छ।

रिटमा राष्ट्र बैंक ऐन, २०५८ को दफा १५ अनुसार आवश्यक शैक्षिक योग्यता नपुगेको र मौद्रिक, बैंकिङ वा वाणिज्य क्षेत्रको अनुभव अभाव रहेको भन्दै नियुक्ति बदर गर्न माग गरिएको छ

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij