२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मकरी गाड हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

मकरी गाड हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

1K
Shares

काठमाडौं- मकरी गाड हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रति सेयर अंकित मुल्य रु.१०० अंकित दरका ५९ लाख ४० हजार कित्ताले हुन आउने रकम रु.५९ करोड ४० लाखबराबरको साधारण सेयर सर्वसाधारणमा जारी गर्ने तयारी गरेको हो ।

यसका लागि कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ । उक्त क्रममा मकरी गाड हाइड्रोपावरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत करन चन्दर सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

मकरी गाड हाइड्रोपावर लिमिटेडद्वारा प्रबद्र्धित दार्चुला जिल्ला अपि हिमाल गाउँपालिकाको वडा नं. ५ स्थित मकरी खोलाको पानीको बहाव सदुपयोग गरी १० मेवा क्षमताको मकरी गाड जलविद्युत आयोजना निर्माण गरि विद्युत उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij