काठमाडौं – बरुण हाईड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत प्रतिशत हकप्रद शेयर जारी गर्न बुक क्लोज मिति तय गरेको छ । हाईड्रोपावरले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि जेठ २२ गते बुक क्लोज गर्ने निर्णय गरेको हो ।
सोही अनुसार जेठ २१ गते बुधबारसम्म कायम हाईड्रोपावरका शेयरधनीहरुले हकप्रद शेयर खरिद गर्न पाउने छन । हाईड्रोपावरले १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँको दरले ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर जारि गर्ने भएको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij