२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बेष्ट फाइनान्सको साधारणसभा आह्वान

बेष्ट फाइनान्सको साधारणसभा आह्वान

935
Shares

काठमाडौं –  बेष्ट फाइनान्स कम्पनी लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले असार १८ गते साधारणसभा बोलाएको हो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि जेठ २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। जेठ २४ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश घोषणा गरेको छैन ।

कम्पनीको सभामा पेश हुने प्रस्तावहरुमा   बेष्ट फाइनान्स कम्पनी लि. को आ.व. २०८०/०८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने ।,  लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०८०/०८१ को वार्षिक वित्तीय विवरण ( २०८१ आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब लगायत वार्षिक वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) छलफल गरी पारित गर्ने ।, आ.व. २०८१/८२ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक समेत अनुमोदन गर्ने ।,  संचालक समितिको सर्वसाधारण तथा संस्थापक समूहको संचालकहरुको निर्वाचन गर्ने रहेकाे छ ।

त्यसैगरी विशेष प्रस्तावमा यस बित्तीय संस्थाले भबिष्यमा अन्य उपयुक्त बैंक तथा बित्तीय संस्थासँग एक आपसमा गाभ्ने/गाभिने (Merger) तथा प्राप्ति (Acquisition) गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न, चल अचल सम्पत्ति र दायित्व मुल्याँकन ( Due Diligence Audit) गर्नको लागि मान्यता प्राप्त मुल्याँकन कर्ता नियुक्त गर्न, निजको पारिश्रमिक तोक्न लगायत मर्जर सम्बन्धी अन्य आबश्यक प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने  रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij